आइजीपी परिवर्तन हुने भन्ने कुरा हल्लामात्रै : प्रधानमन्त्री

आइजीपी परिवर्तन हुने भन्ने कुरा हल्लामात्रै : प्रधानमन्त्री


चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले आइजिपी परिवर्तन हुने भन्ने कुरा हल्लामात्रै भएको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा सोमबार बिहान पत्रकारहरूसँग प्रधानमन्त्री दाहालले भने, ‘आइजीपी परिवर्तन हुने भन्ने कुरा हल्ला मात्रै हो । मैले उनीहरूलाई बोलाएर ढुक्क भएर काम गर्न निर्देशन दिइसकेको छु ।’

प्रधानमन्त्री दाहालले आफूले नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई बोलाएर आफूले ढुक्कसँग काम गर्न भनेको पत्रकारहरूसँग बताए ।

पत्रकारहरूले प्रधानमन्त्री दाहाललाई ‘आइजीपी परिवर्तन हुन लागेको कुरा के हो ?’ भनेर सोधेका थिए । जवाफमा प्रधानमन्त्री दाहालले ‘मैले अस्तिको दिनमात्रै तीनवटै आइजिपीहरूलाई बोलाएर केही परिवर्तन हुँदैन, तपाईंहरू ढुक्कसँग काम गर्नुस् भनेर भनिसकेको छु।’