तेस्रो कार्यकाल सफल भएको प्रचण्डको निष्कर्ष

तेस्रो कार्यकाल सफल भएको प्रचण्डको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो साढे १८ महिने कार्यकाल सफल भएको निष्कर्ष निकालेका छन् ।

नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदको शपथ लिएलगत्तै प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिलेको बताएका छन् ।

‘मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नु हुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु’, उनले सोमबार सामाजिक संञ्जाल मार्फत भने ।

दाहाल सोमबार शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएर खुमलटार फर्कीएका छन् । उनले खुमलटार पुगेपछि आफ्नो कार्यकालमा सघाउने सबैलाई धन्यवाद दिएका हुन् ।