भ्रष्टाचारीलाई जोगाउन कांग्रेस-एमाले सरकार बनेको माओवादीको आरोप

भ्रष्टाचारीलाई जोगाउन कांग्रेस-एमाले सरकार बनेको माओवादीको आरोप

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भ्रष्टाचारीलाई जोगाउने उद्धेश्यसहित सरकार बनेको बताएका छन् । पार्टीको शुक्रबारको स्थायी समिति बैठकमा अध्यक्ष दाहालले सरकार भ्रष्टाचारी मिलेर बनेकाले आन्दोलन आवश्यक रहेको बताएका थिए ।

‘यो सरकार भ्रष्टाचारी जोगाउन बनेको हो । सरकारमा नै भ्रष्टाचारीहरू सहभागी छन् । यो कुरा जनताले राम्रोसँग बुझेका छन् । त्यसैमा बंगलादेशको आन्दोलनले सरकार नराम्रोसँग डराएको छ । हामीले पनि आन्दालनको तयारी गर्नुपर्छ,’ बैठकमा प्रचण्डको भनाइ उल्लेख गर्दै एक स्थायी समिति सदस्यले भने ।

सरकारले बहुमतको घमण्ड गरेर संविधान संशोधन गर्न चाहेको भए पनि सम्भव नभएको उनको भनाइ थियो । सरकारले संविधान संशोधन गरेर दुई पार्टी सिस्टममा लिन चाहेकोआरोप लागएका थिए । यो विषयलाई उठाउँदै अन्य साना दलहरू हातमा लिएर आन्दोलनको नेतृत्व माओवादीले गर्नुपर्ने प्रस्ताव उनले बैठकमा गरेका छन् ।

प्रचण्डले ब्रिफिङ गर्दै बहुमतका आधारमा जे पनि गर्न सक्छौँ भन्ने चिन्तन विद्युत् प्राधिकरणका दुई जना सदस्यको स्टेअर्डरबाट भत्केको बताएका थिए । बहुमतको दम्भबाट संविधान संशोधन गरी थ्रेसहोल्ड बढाएर दुई पार्टी सिस्टममा लैजान कांग्रेस एमालेले चाहेको उनको भनाइ थियो ।

प्रचण्डले बैठकमा माओवादी सरकारबाट हटे पनि भ्रष्टाचारका विरुद्ध लड्नुपर्ने बताएका छन् । आफ्नो नेतृत्वको सरकारले राम्रो काम गर्दा, सुशासन स्थापित हुन थालेपछि विभिन्न क्षेत्रबाट चलखेल गरेर हटाउने काम भएको बताएका थिए ।