भ्रष्टाचारको सुई बूढानीलकण्ठ र बालकोटतिर सोझिएपछि सरकार ढालियो : प्रचण्ड

भ्रष्टाचारको सुई बूढानीलकण्ठ र बालकोटतिर सोझिएपछि सरकार ढालियो : प्रचण्ड

file photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारबाट जोगीन रातारात सरकार ढालेको आरोप लगाएका छन् ।

आइतबार झापामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भ्रष्टाचारको सुई बूढानीलकण्ठ र बालकोटतिर सोझिएपछि रातारात सरकार ढालेको बताएका हुन्।

उनले संसारमा कतै पनि संसदका दुई ठूला दल मिलेर सरकार नबनाउने भन्दै भ्रष्टाचारीलाई जोगाउनकै लागि कांग्रेस र एमाले मिलेको आरोप लगाए।

उनले भने, ‘जब नक्कली भूटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरू फरार थिए, ति फरार अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरिबन्धु टी स्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु, सुई बूढानीलकण्ठ र बालकोटतिर सिधै सोझियो। दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार जोडियो, बालकोट र बूढानीलकण्ठतिर। र रातारात षड्यन्त्रमुलक ढंगले संसारमा सामान्य रुपमा हुँदै नहुने प्रतिनिधि सभाको सबैभन्दा ठूलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउने काम भयो।’