काठमाण्डु – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने बताएका छन् ।
मोरङको ग्रामथान गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले १५ मंसिरमा भएको उपनिर्वाचनमा माओवादीको पक्षमा आएको नतिजाले २०८४ मा हुने निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने संकेत गरेको बताए ।
उपनिर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्ष माओवादीले कांग्रेसबाट खोसेको थियो । त्यही उपलक्ष्यमा आयोजित धन्यवाद सभामा प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा २५० पदाधिकारी जित्ने बताए ।
गत स्थानीय तह निर्वाचनमा माओवादीले १२३ पदाधिकारी जितेकोमा उपनिर्वाचनमा आयोको नतिजाले २५० पुग्ने छनक दिएको बताए ।
आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने प्रचण्डको भनाइ थियो ।




प्रतिक्रिया