काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार जबर्जस्ती चलेको दाबी गरेका छन् ।
अध्यक्ष प्रचण्डले सरकार प्रति आफूले पहिला नै अनुमान गरेको कुरा नै लागू भएको पनि दाबी गरे ।
बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी उनले भने, ‘आफूले अनुमान गरेको कुरा नै लागू भएको छ । यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिएँ । प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ ।’
आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको प्रचण्डले दाबी गरे । यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले प्रस्ट पारे ।
सरकार प्रति कुनै अभिरुचि नभएको उल्लेख गर्दै उनले कांग्रेससँग सहकार्य हुन सक्ने संकेत गरे । वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको उनको जिकिर थियो ।
उनले भने, ‘अध्यादेशमै बढी जोड गरेपछि हामीले विपक्षहरूको तर्फबाट अविलम्ब सदन बोलाइएन भने विशेष अधिवेशन बोलाउने भनेपछि मात्रै सरकारले १८ गते अधिवेशन बोलाएको हो । नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढंगले सरकारको जन्म भयो त्यो लामो आयुको छैन । तर हामीलाई सरकारमा अहिले कुनै रुचि छैन ।
ओलीले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै प्रचण्डले समितिमा गइसकेको विधेयकलाई अध्यादेशबाट शासन गर्नु गलत भएको बताए ।




प्रतिक्रिया