काठमाण्डु- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले माओवादीप्रति विश्वास ह्वात्तै बढेको दाबी गरेका छन् । उनले आगामी निर्वाचनमा देशव्यापी रूपमा विजय हासिल गर्ने पनि दाबी गरे ।
मकवानपुरको बाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिले देश र जनताप्रति इमानदार भएर काम गर्ने र परिवर्तनको संवाहक माओवादी नै हो भन्ने कुरा आम जनतालाई थाहा भइसकेको बताए । सरकारमा वा सरकारबाट हटे पछिको नागरिक संवाद अन्तरक्रियाबाट नागरिकले जे भन्यो त्यही गर्ने माओवादी नै रहेछ भन्ने अवस्था निर्माण भएको उल्लेख गरे ।
‘म गएको ठाउँमा नागरिकको लागि काम गर्ने माओवादी नै रहेछ भन्न अवस्था बनेको छ । माओवादी प्रतिको विश्वास अलिअलि होइन धेरै नै बढेको छ । बिचौलिया र भूमाफिया विरुद्ध अभियान चलाउँदा नागरिकहरूमा थोरै आशा पलाएको छ । सोही कारणले माओवादी केन्द्रको लोकप्रियता बढेको हो । माओवादीको लागि यो अवसर पनि हो । यो अवसर सधैँ पाइन्न ।’ प्रचण्ड आजै झापामा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुन त्यतैबाट जाने कार्यक्रम रहेको छ’, उनले भने ।
उनका अनुसार आफू तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा नागरिकप्रति उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने अठोट लिएर सरकारमा गएको हो । रेकर्ड कायम गर्ने, माओवादी प्रतिको हस्तक्षेप विरुद्ध केही गर्ने सङ्कल्पका कारण भ्रष्टाचार विरुद्धका अभियानहरू संचालन गरिएको उनको भनाई छ ।
अध्यक्ष दाहालले माओवादी केन्द्र आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी अघि बढ्ने तयारीमा रहेको बताए । आउने निर्वाचनमा जाँदा क्लिन स्विप गर्ने गरी तयारी गर्न उनले निर्देशन दिए । सुशासनको दृष्टिकोणबाट ११ ओटा स्थानीय तहमा माओवादी केन्द्रको राम्रो रहेको पनि उनले बताए ।




प्रतिक्रिया