बिचौलियासँग साँठगाँठमा मलको कृत्रिम अभाव सिर्जना गरियो : अध्यक्ष दाहाल

बिचौलियासँग साँठगाँठमा मलको कृत्रिम अभाव सिर्जना गरियो : अध्यक्ष दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका छन् ।

सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका–८ को तोपामा शुक्रबार कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले किसानलाई मर्कामा पारेर बिचौलियाले सरकारसँग साँठगाँठ गरी नाफा कमाउने उद्देश्य लिएको दाबी गरे ।

‘हाम्रो नेतृत्वको सरकार हुँदासम्म मलखादको समस्या हुन दिइएको थिएन । मूलभूत रूपमा मलखादको समस्या हल गरिएको थियो, जतिबेलासम्म हाम्रो सरकार थियो’, उनले भने, ‘तर अहिले कांग्रेस–एमालेको सरकार बनिसकेपछि मलको समस्या ठूलो समस्याको रुपमा खासगरी तराई मधेशभरि र अन्यत्र पनि देखिएको छ ।’

उनले यसविरुद्ध आवाज उठाउने र समस्या समाधानको पहल गर्ने उनले आश्वासन दिए । ऊर्जा मन्त्रालयसँग कुरा गरेर विद्युत र सिंचाइको समस्या समाधान गर्ने आश्वासनसमेत उनले दिए ।

प्रचण्डसँग स्थानीयले मलखाद, बिजुली, सिँचाइ लगायतका समस्या भोगिरहेको भन्दै समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।