काठमाण्डु– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मूर्ति चोरको आरोप लगाएका छन्।
शुक्रबार सिन्धुपाल्चोक मेलम्चीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले पूर्वराजालाई भाइ मारा र मूर्ति चोरको आरोप लाएका हुन् ।
पूर्वराजाको पछिल्लो सक्रियातामाथि टिप्पणी गर्दै उनले आफ्नै वंश मास्नेले आएर फेरि धाक नलगाउन र धेरै चुरीफुरी नगर्न चेतावनी समेत दिएका छन्।
‘२५० वर्षसम्म राजा महाराजाले देशलाई कहाँ पुर्याए भन्ने नेपाली जनताले बिर्सिएको छ ? मूर्ति चोर को हुन्’ उनले भने, ‘नेपालका ठूल्ठूला मूर्ति चोरेर अहिले राजा ? भाइमारा को हो ?आफ्नै वंश मास्नेले आएर फेरि धाक लगाउन मिल्छ ? सुन तस्कर को हो ? नेपाली जनताले बिर्सिएको भन्ठानेको ?’
उनले थपे ‘मैले पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकपटक छानबिन गर्नुपर्नेछ भन्ने ठानेको थिएँ, मैले त्यतिबेला पाँच वर्ष शासन गर्न पाएको भए एकपटक छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको ठेगान लगाउने विचार थियो।’




प्रतिक्रिया