प्रचण्डको दाबी-अखिल क्रान्तिकारीको पक्षमा लहर देखियो

प्रचण्डको दाबी-अखिल क्रान्तिकारीको पक्षमा लहर देखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजाले पार्टी उत्साहित भएका छन् ।

त्रिवि अन्तर्गतगका आंगिक, सम्बन्धनप्राप्त, सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा चैत ५ गते भएको स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले राम्रो स्थान हासिल गरेको भन्दै अध्यक्ष प्रचण्डले यसलाई अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहरका रूपमा व्याख्या गरेका छन् ।

स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले अहिलेसम्म् ८२ क्याम्पसमा सभापति पद जितेको छ ।

‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ । कैयौँ क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ’, बिहीबार बिहान अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

उनले अहिलेसम्मको नतिजाले सचेत एवं वौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको पनि भनेका छन् ।