प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे ग्राण्डी

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे ग्राण्डी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न ग्रान्डी इन्टरनेसनल अस्पताल पुगेका छन् । प्रधानमन्त्रीको दोस्रो डायलाइसिस सकिनै लाग्दा प्रचण्ड अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री सचिवालय र ग्रान्डी इन्टरनेसनल अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे अपूरो सूचना प्रवाह गरिरहेको छ । अस्पताल पुगेका नेताहरुले पनि उनको अवस्थाबारे जानकारी मिडियालाई दिएका छैनन् ।

यसैबीच प्रचण्ड ओलीको अवस्था बुझ्न ग्रान्डी पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि डायलाइसिस गरिएको छ ।