शौचालयमा लडेर माओवादी अध्यक्ष घाइते

शौचालयमा लडेर माओवादी अध्यक्ष घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शौचालयमा लडेर घाइते भएका छन्।

खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी घाइते भएका हुन्।

घाइते भएपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। उनको टाउको र निधारमा चोट लागेकाले टाँका लगाइएको छ।

उनको अवस्था सामान्य छ । अस्पतालमा उपचारपछि उनी घर फर्किएका छन्।