माओवादी अध्यक्ष दाहालले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

माओवादी अध्यक्ष दाहालले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष दाहालले बैठकमा सम्बोधन गर्ने भएका हुन् । उनले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।

सोमबारको बैठकमा अध्यक्ष दाहालले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले निर्देशन गरेको छ ।