संघीय निजामती सेवा ऐनमा एमालेले षड्यन्त्र गरेको छ : अध्यक्ष दाहाल

संघीय निजामती सेवा ऐनमा एमालेले षड्यन्त्र गरेको छ : अध्यक्ष दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐनमा कुलिङ अफ पिरियडको प्रावधानलाई रोक्न एमालेले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

शनिबार राजधानीमा आयोजित सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा ऐनबारे संसदमा भएको संशोधन र एमाले सांसदहरूको भूमिकालाई संकेत गर्दै अध्यक्ष दाहालले एमालेको नियतमै समस्या रहेको बताए । उनले भने, ‘संघीय निजामती ऐनमा कुलिङ अफ पिरियडको प्रावधानमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जिम्मेवारी लिनुपर्ने बताए । दाहालले प्रधानमन्त्री ओलीकै संलग्नतामा ऐनलाई निष्क्रिय तुल्याउने प्रयास भएको दाबी गर्दै छानबिनको दायरामा प्रधानमन्त्री पनि पर्नुपर्ने धारणा राखे ।

‘शंकाको सुई पहिला पनि प्रधानमन्त्री तिरै थियो, तर ठोस रूपमा भन्ने आधार थिएन,’ उनले भने, ‘अहिले एमाले सांसदहरूले गरेको गतिविधिहरू र संशोधनबाट नै यो एमाले र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं ।’

अध्यक्ष दाहालले विद्यालय शिक्षा विधेयकमा भएका परिवर्तन र शिक्षक आन्दोलनसँग सम्बन्धित सहमति माओवादी नेतृत्वकै पहलमा सम्भव भएको दाबी गरे । उनले शिक्षकहरूको समस्याको समाधानमा आफ्नो दलको पहल निर्णायक नभए पनि केही हदसम्म राहत पु¥याएको बताए ।

‘हाम्रो नेतृत्वको सरकार नभएको भए शिक्षक आन्दोलनसँग सम्बन्धित पाँच बुँदे सहमति सम्भव हुने थिएन’, उनले दाबी गरे ।

उनले शिक्षा विधेयकको ड्राफ्ट तयार गर्न र सदनमा पु र्‍याउनका लागि भएको प्रयासमा माओवादी नेतृत्व निर्णायक रहेको पनि उल्लेख गरे । ‘मन्त्रिपरिषद्बाट पास गरेर पठाएको विधेयकमा बिच बाटोमै छेडखानी भयो । त्यो विधेयक शिक्षकहरूको मागअनुसार पनि नभएको थाहा पाएपछि सुधार गरेर पुनः सदनमा पु¥याइयो,’ उनले भने ।

सदनमा विधेयकमाथि भएको बहस र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उनले असन्तुष्टि जनाए । ‘प्रधानमन्त्रीले शिक्षक आन्दोलनलाई अपमानित गर्ने गरी नग्न रूपमा हमला गर्नुभयो, तर त्यसको प्रतिवाद सडकदेखि सदनसम्म माओवादीले नै ग¥यो ।’