काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एक ढिक्का बनाउँदै गुटबन्दी अन्त्यको स्पष्ट सन्देश दिएका छन्।
पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले पार्टीलाई एकतामा बाँध्ने चुनौतीलाई सफलतापूर्वक सामना गरिएको दाबी गरे।
‘लोकतान्त्रिक गणतन्त्र सुदृढ पार्न माओवादीलाई एकताबद्ध गर्ने कार्य हाम्रो प्रमुख जिम्मेवारी थियो’ उनले भने, ‘अब हामी गुटबन्दी र समूहवद्धताको अन्त्य गर्दै अगाडि बढ्ने साझा संकल्पमा छौं।’
उनका अनुसार पार्टीले फेरि एकपटक जनतामाझ जाने निर्णय गरेको छ । देशमा व्याप्त विकृति, विसंगति र अन्यायविरुद्ध आन्दोलन छेड्ने तयारीमा माओवादी केन्द्र जुटेको हो।
प्रचण्डको यो अभिव्यक्ति माओवादीभित्र देखिएको अन्तरविरोध र आन्तरिक असन्तोषलाई सम्बोधन गर्ने कोशिसको रूपमा हेरिएको छ।




प्रतिक्रिया