संसदमा प्रचण्डः ‘भाषण होइन, दोषिमाथि सीधै कारबाही होस्’

संसदमा प्रचण्डः ‘भाषण होइन, दोषिमाथि सीधै कारबाही होस्’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र मन्त्रीहरुलाई कठोर कदम चाल्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रचण्डले जनताले झण्डै दुई तिहाई मत दिएर सरकारको हात बलियो बनाएको बताए ।

भ्रष्टाचार, अनियमिता गर्नेहरुविरुद्ध कठोर कदम चाल्न आग्रह गर्दै उनले भने, ‘अब जनताले भाषण होइन, एक्सन खोजेका छन् ।’ अब केही हुन्छ कि भनेर निराश भएको धेरै भएको भन्दै उनले अब एक्सनमा उत्रन आग्रह गरे ।

बोक्सीको आरोपमा भएको कुटपिट, ८ वर्षीया बालिकामाथि भएको बलात्कारका घटना उल्लेख गर्दै प्रचण्डले भने, ‘भाषण होइन, सिधै दोषीमाथि कारबाही होस् भन्ने जनताले चाहेका छन् ।’