कर्मचारीले नटेरे आन्दोलनमा जान्छुः अध्यक्ष प्रचण्ड

कर्मचारीले नटेरे आन्दोलनमा जान्छुः अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आँफूहरुलाई कर्मचारीले नटेर्ने गरेको बताएका छन् ।

बुधवार घोराहीमा प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आँफू बेलाबेला आन्दोलनमा जान्छु भन्ने गरेको स्पष्ट पारे ।

‘मैले र अर्का अध्यक्ष केपी ओली ज्यूले भनेको कुरा पनि कर्मचारीहरुले मानेको अवस्था छैन,’ प्रचण्डले भने ‘त्यहि भएर म आँफै बेलाबेलामा आन्दोलनमा जान्छु भन्ने गरेको छु, र यसरी नटेर्ने अवस्था हो भने म साँच्चै आन्दोलनमा जान्छु पनि ।’