फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित रहेर नयाँ यात्रामा लाग्नुपर्छ : प्रचण्ड

फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित रहेर नयाँ यात्रामा लाग्नुपर्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहदेखि नै वामपन्थी र देशभक्तहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।

२६ औँ निर्मल लामा स्मृति सभामा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि श्रमजीवि वर्ग र कम्युनिस्ट एकतामा केन्द्रित गरेर नयाँ यात्रामा लाग्नुपर्ने बताएका हुन् ।

‘हिजो यसो गर्‍यौं र त्यसो गर्‍यौं भनेर आजको आवश्यकता पूरा हुने अवस्था छैन,अन्तर्राष्ट्रिय रूपमा पनि ठुलठुला बहस, विवाद, विभाजन र एकताको शृङ्खला चल्दै आएको छ’, प्रचण्डले भने, ‘सच्चा कम्युनिस्टहरूको बिचमा एकता अहिले झन् विशेष रूपमा बढेको छ ।’

उनले देशमा साम्राज्यवादीहरूको हस्तक्षेप बढ्दै गएको र राष्ट्रिय रूपमा देश अप्ठ्यारो अवस्थामा पुगेको बताए ।

उनले आफू जहाँ गए पनि नेता कार्यकर्ताले कम्युनिस्ट एकता र गणतन्त्र तथा लोकतन्त्र जोगाउन मोर्चा बनाउन आवश्यक रहेको समेत बताए । बालेन सरकारले श्रमजीवी वर्गमाथि, गरिब र निमुखामाथि आक्रमण गरेको आरोप लगाए ।