नुवाकोट- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार भोटेकोशी बाढीले प्रभावित भएको क्षेत्रमा पुगेका छन्।
उनी भदौ १० गतेको बाढीबाट घरबारविहीन बनेका परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका अस्थायी आवास हस्तान्तरण गर्न नुवाकोट पुगेका हुन्।
त्यसक्रममा उनले बाढीबाट ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित विशेष पूजा (घेवा) मा पनि सहभागिता जनाए ।
नुवाकोटको बेत्रावतीस्थित उत्तरगयाधाममा मंगलबार बौद्ध परम्पराअनुसार लामाहरूले पूजा गरेका थिए। पूजामा सहभागी हुँदै प्रचण्डले मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।
बाढी गएको ४९औं दिनका अवसरमा मृतकहरूको आत्मशान्तिको कामना गर्दै विशेष पूजा आयोजना गरिएको हो। प्रचण्ड विशेष घेवामा सहभागी भएर श्रद्धाञ्जली व्यक्त गर्न बेत्रावती पुगेका हुन्।
उनले त्यसक्रममा बेत्रावती क्षेत्रमा भोटेकोशी नदीले तहसनहस बनाएपछिको अवस्थाको पनि स्थलगत अनुगमन गरेका छन्।















प्रतिक्रिया