ओली अस्वस्थ भएपछि प्रचण्डको चीन भ्रमण रद्ध

ओली अस्वस्थ भएपछि प्रचण्डको चीन भ्रमण रद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्थगित भएको छ । केही दिन अगाडि आफैंले चीन भ्रमणमा जान लागेको बताएका अध्यक्ष प्रचण्डले अन्तिम समयमा आएर रद्ध गरेका हुन् ।

देशमा उत्पन्न राजनीतिक परिस्थिति र प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण उनले भ्रमण रद्ध गराएको प्रचण्ड निकट स्रोतले बतायो ।

अध्यक्ष प्रचण्डले राष्ट्रपति सि जिनपिङले चीन भ्रमणको निम्तो बताएका थिए । गत शुक्रबार राजधानीमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले केही समयमा नै आफू चीन भ्रमणमा जाने बताएका थिए ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमणपछि मेरो नेतृत्वमा पहिलो टोली छिट्टै चीन जाँदैछौं’, प्रचण्डले भनेका थिए, ‘त्यो भ्रमणले जनमत निर्माण गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।’

करिब ६० जनाको जम्बो टोली लिएर अध्यक्ष प्रचण्ड चीन जाने कार्यक्रम थियो । प्रचण्ड डिसेम्बर १० मा चीन जाने कार्यक्रम तय भएको थियो ।

असोजमा काठमाडौंमा भएको दुई कम्युनिष्ट पार्टीको अन्तरक्रिया कार्यक्रमको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख र नेकपाका विदेश विभाग प्रमुखबीच नेता कार्यकर्ताले एकअर्काका देश भ्रमण र अनुभव साटासाट गर्ने समझदारी भएको थियो ।

सोही समझदारी अनुसार प्रचण्डसहितको पहिलो टोली चीन भ्रमण जाने तयारी थियो । प्रचण्डको चीन भ्रमणलाई विशेष महत्वका साथ हेरिएको थियो ।