निर्वाचन आयोगले सोध्यो प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजुलाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

निर्वाचन आयोगले सोध्यो प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजुलाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई स्पष्टीकरण सोधेको छ ।

केही दिन अघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ भनि दिएको अभिव्यक्तिमाथि आयोगले प्रण्चडलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो । मतदातालाई धम्क्याउने उद्देश्यले उक्त आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै आयोगमा निवेदन परेको थियो ।

प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ । आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ ।

’माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दु्र्घटनामा भन्नुको अन्तरनिहित मनशाय के हो?’ आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

त्यस्तै कांग्रेस नेतृ देउवालाई गठबन्धनका उम्मेदवारलाई जिताए हरेक वडाबाट ४, ५ जनाका दरले निःशुल्क रूपमा भिसा टिकेटको व्यवस्था गरी मलेसिया पठाउने विषयमा बोलेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।