अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न प्रचण्डको आग्रह

अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्न प्रचण्डको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि तत्काल पहल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम पश्चात सर्वाधिक महत्त्वको कुरा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धार रहेको भन्दै अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत उद्धारका लागि अविलम्व प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका हुन् ।

उनले दक्षिण एशियाली मुलुक अफगानिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति आफू र आफ्नो पार्टीको समेत गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

‘यस आपातकालीन अवस्थानमा सर्वाधिक महत्त्वको कुरा त्यहाँ रहेका नेपालीहरूको सुरक्षा र उद्धार हो। परिस्थितिलाई मध्यनजर गर्दै सरकारले अविलम्ब प्रभावकारी कदम चालोस’, प्रचण्डले भनेका छन् ।

अफगानिस्तानमा रहेका नेपालीको उद्धार र सहयाेगका लागि आफु र आफ्नो पार्टी तयार रहेको समेत उल्लेख गरेका छन् ।