बीपी कोइराला क्यान्सर अस्पतालको विस्तारमा लागेको छु : प्रचण्ड

बीपी कोइराला क्यान्सर अस्पतालको विस्तारमा लागेको छु : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ—नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको विकास र विस्तारमा लागेको बताएका छन्।

अस्पतालले सञ्चालन गरेका दुई वटा फार्मेसीको उद्घाटन गर्दै उनले अस्पतालले प्रदान गर्ने सेवालाई विश्वसनीय र गुणस्तरीय बनाउनुपर्ने बताए।
प्रचण्डले देशको एक मात्र केन्द्रीयस्तरको सुविधा सम्पन्न यस अस्पतालको विकासका लागि सरकार र मित्रराष्ट्रसँग आफूले निरन्तर कुराकानी गरिरहेको जानकारी गराए।

अस्पतालको आफ्नै फार्मेसीबाट बिरामीले सर्वसुलभ र गुणस्तरीय औषधि पाउनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै उनले सोही अनुरुप काम गर्न अस्पताल प्रशासनलाई आग्रह गरे।
उनले आफू प्रधानमन्त्री हुँदा अस्पताल स्वयम्ले फार्मेसी सञ्चालन गरी सहुलियत दरमा गुणस्तरीय औषधि बिक्री वितरणको व्यवस्था मिलाउने निर्णय अनुरुप आज फार्मेसीको उद्घाटन गर्न पाएकामा खुशी व्यक्त गरे।