काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच पेरिसडाँडामा भेटवार्ता भएको छ ।
मंगलबार पेरिसडाँडामा बाबुराम भट्टराई र अध्यक्ष प्रचण्डबीच भेटवार्तामा भएको हो । मंगलबार विहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भट्टराईको पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर लड्ने भएपछि उनीहरुबीच चुनावमा नेपाल समाजवादी पार्टीले लिने सिटबारे छलफल भएको जनाइएको छ ।




प्रतिक्रिया