काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।
सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बामदेवबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको जनाइएको छ । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न आग्रह गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट अंशबन्डा भएपछि पूर्ववत् अवस्थामा फर्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पछिल्लो समय चिराचिरामा विभक्त कम्युनिस्टहरूलाई एउटै छातामुनि ल्याउन समाजवादी केन्द्र निर्माणको पहल गरिरहेका छन्।
दाहालको यो पहललाई एमालेबाट बाहिरिएर नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका वामदेव गौतम, संघीय समाजवादी पार्टीबाट निष्कासनमा परेका डा. बाबुराम भट्टराई, एमालेबाटै चोइटिएर नेकपा एस गठन गरेको उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतले साथ दिइरहेका छन् ।




प्रतिक्रिया