प्रचण्डद्वारा जनयुद्धको दस्तावेज समेटिएको ‘जनयुद्दको हस्ताक्षर’ पुस्तक विमोचन

प्रचण्डद्वारा जनयुद्धको दस्तावेज समेटिएको ‘जनयुद्दको हस्ताक्षर’ पुस्तक विमोचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका विद्यार्थी नेता तिलकराज भण्डारीको ‘जनयुद्धका हस्ताक्षर’ नामक पुस्तक सार्वजनिक भएको छ । काठमाण्डुको प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस्तक विमोचन गरेका हुन् ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धका क्रममा आदन–प्रदान भएका चिठीपत्रहरु समेटेर भण्डारीले पुस्तकको रुप दिएका हुन् । पुस्तकमा ११२ वटा चिठी पत्रहरु छन् ।

यसरी पत्र लेख्नेहरु केही सहिद भइसकेका छन् भने केही वेपत्ता छन् । पु्स्तकमा समावेश चिठ्ठीले त्यतिबेलाको जनयुद्दको जास्तविक धरातल बुझ्न सहयोग पुर्याउने विमोचन कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।

पुस्तक विमोचनपछि बोल्दै अध्यक्ष प्रचण्डले जिवन्द दस्तावेजको रुपमा जवनयुद्दको हस्ताक्षर रहेको बताए । औपचारिक पुस्तक पढ्दा फरक खालको अनुभूती हुने भए पनि अनौपचारिक विषयका पुस्तक पढ्दा आनन्दको अनुभूति आउने र त्यहाँ भएका कुराहरुलाई भित्रैदेखि अनुभव गर्न सकिने बताए ।

उनले भने, ‘पुस्तकमा समवेदना, आवेग र पीडाहरुलाई ब्यक्त गरेको छ । यसमा जनयुद्दका सम्झनाहरु ताजा बनेर आएका छन् । यो एउटा पुस्तक मात्र नभएर इतिहासको जिवित दस्तावेज हो ।’

उनले पुस्तक पढ्दा युद्का अविष्मरणीय दिनहरु सम्झना हुने र त्यतिबेलाको संवेग, भावना, विचार र तीव्रतालाई बुझ्न सकिने बताउँदै भने, ‘यो पुस्तकले नयाँ पुस्तालाई हिजोको परिस्थिति बुझ्ने मौका पनि दिनेछ ।’ प्रचण्डले यसअघि पढेका जनयुद्दका पुस्तकभन्दा यो पुस्तक मौलिक रहेको बताए ।

२०५४ सालमा अखिल (क्रान्तिकारी) मा संगठित भएर राजनीतिक यात्रा सुरु गरेका भण्डारी २०५६ सालबाट जनयुद्धमको भूमिगत राजनीतिमा होमिएका थिए । २०५८ साल भदौ २८ गतेको प्रथम जिल्ला भेलाबाट सल्यान जिल्ला सदस्य, ०५९ मा जिल्ला समिति उपाध्यक्ष, ०६१ मा जिल्ला अध्यक्ष हुँदै भण्डारी जनयुद्धमा सक्रिय थिए । पछि उनी विद्यार्थी राजनीतिमा अखिल (क्रान्तिकारी) को केन्द्रीय उपाध्यक्ष भएका ब्यक्ति हुन् ।