छोरा प्रकाशको शोकमा रहेका प्रचण्डले भेटे रौतहट बमकाण्डका घाइतेलाई

छोरा प्रकाशको शोकमा रहेका प्रचण्डले भेटे रौतहट बमकाण्डका घाइतेलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रौतहट बमकाण्डका घाइतेलाई भेटेका छन्।

 

 

प्रचण्डले मंगलबार बेलुका चितवन मेडिकल कलेजमा पुगेर रौतहटको बम काण्डमा घाइते सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

 

 

गत मंसीर २ गते अपरिचित समूहको बम आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

 

 

 

प्रचण्डले उनीहरुको स्वास्थ अवस्थाबारे जानकारी लिनका साथै शीघ्र स्वास्थ्य लाभको काम पनि गरेका थिए ।

 

 

गत आइतबार पुत्र प्रकाश दाहाललाई गुमाएका प्रचण्ड मंगलबार श्रद्धाञ्जली सभामा भाग लिन चितवन पुगेका थिए।

 

तस्वीर राताेपाटीबाट साभार।