कांग्रेसले हलोमा भोट हाल्दा बिपी, गणेशमान र गिरिजाप्रसादको अपमान : प्रचण्ड

कांग्रेसले हलोमा भोट हाल्दा बिपी, गणेशमान र गिरिजाप्रसादको अपमान : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन क्षेत्र नम्बर ३ मा आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन्।

 

 

 

 

‘चितवन–३ मा कांग्रेसका थुप्रै नेताहरु थिए, कांग्रेसकै नेता उठेको भए मेरो प्रतिस्पर्धी छन् भन्न हुन्थ्यो,’ पार्वतीपुरमा आयोजित सभामा प्रचण्डले भने, ‘कांग्रेसका साथीहरुले राप्रपालाई अघि सार्नुभयो। एउटा लोकतान्त्रिक पार्टीले राजतन्त्रको पक्षधर पार्टीका मान्छेलाई अघि सारेपछि मेरो प्रतिस्पर्धी छ कसरी भन्नु?’

 

 

 

 

राजा फाल्न, गणतन्त्र ल्याउन संघर्ष गरेको कांग्रेसले हलोमा भोट हाल्दा बिपी, गणेशमान र गिरिजाप्रसादको अपमान हुने उल्लेख गर्दै प्रचण्डले गणतन्त्र र संघीयताको अपमान हुने बताए।

 

 

 

‘तपाईं जिन्दगीभर जसका विरुद्ध लड्नुभयो, त्यही पार्टीको हलोमा भोट हाल्न तपाईको कुन नैतिकताले देला?,’ उनले प्रश्न गरे।

 

 

‘जीवनको अन्तिम क्षणमा गीरिजा बाबू अस्पतालमा हुनुहुन्थ्यो, म भेट्न गएँ,’ प्रचण्डले भने, ‘गिरिजा बाबूले प्रचण्डजी यो देश तपाईलाई जिम्मा लगाएर जाँदैछु भन्नुभयो। कांग्रेसलाई जिम्मा लगाएर जाँदैछु भन्नुभएन। त्यो गीरिजा बाबूको गणतन्त्रप्रतिको निष्ठा थियो। अहिले राप्रपालाई बोकेर कांग्रेसले गणतन्त्रप्रतिको प्रतिवद्दता भूल्न खोजेको छ। यो कुरा कांग्रेसका साथीहरुले बुझ्न जरुरी छ।’

 

 

अब नेपालमा कम्युनिष्ट र कांग्रेस बीच मात्र प्रतिस्पर्धा हुने उनले बताए।

 

 

 

 

‘विचार मिल्ने पार्टीहरु एक हुनु नै देशका लागि राम्रो हुन्छ। राजनीतिक स्थीरताका लागि पनि थोरै पार्टी हुनुपर्छ। कांग्रेसले पनि विचार मिल्नेहरुसँग एकता गरोस्। बामपन्थी एकता कसैका विरुद्ध लक्षित छैन। हाम्रो विचार मिल्यो र एक ठाउँमा आयौं। कांग्रेस पनि विचार मिल्नेहरुसँग मिल्दा हामी खुसी नै हुन्छौं,’ उनले भने।