कांग्रेस चितवनका पूर्वसचिवसहित डेढ सय जनालाई माओवादीमा प्रवेश गराए प्रचण्डले

कांग्रेस चितवनका पूर्वसचिवसहित डेढ सय जनालाई माओवादीमा प्रवेश गराए प्रचण्डले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन– निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस चितवनका पूर्वसचिव मोहनसिंह लामासहित कांग्रेसका डेढ सय कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

 

 

नेपालकै सबैभन्दा पुरानो बखान सहकारीका अध्यक्ष समेत रहेका लामासहितलाई शनिबार चितवनको शिवनगरमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रवेश गराएका हुन्।

 

 

लामासहित प्रकृति आमा समूहका अध्यक्ष सञ्जु तामाङ, नर्मिला तामाङ, तुलसीबहादुर गुरुङ, सञ्जिव ढकाल, कुबेर गुरुङ लगायतका कांग्रेस कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

 

 

पार्टी प्रवेश गर्दै कांग्रेस नेता लामाले नेपाली कांग्रेसले नागरिक र देशको पक्षमा कुनै काम गर्न नसकेकाले आफू माओवादीमा आएको बताएका छन्।

 

 

 

सोही अवसरमा प्रचण्डले देशमा विकासको लहर ल्याउनका लागि वाम गठबन्धन गर्नुपरेको बताए।

 

 

चितवनको अभिमतबाट राष्ट्रको नेतृत्व आफूले गर्न लागेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘सही समयमा सही निर्णय गर्नुपर्छ।’