काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीवार बालुवाटार पुगेर राजदूत थम्प्सनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
आज भएकोभेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । त्यस्तै नेपाल र अमेरिकाबीच सहकार्य भएका विकास आयोजना, थप सहयोगलगायतका विषयमा पनि भेटमा छलफल भएको थियो ।




प्रतिक्रिया