काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन वार्ता भएको छ ।
आइतबार प्रचण्डले प्रधानमन्त्री देउवालाई फोनमा एमसीसी पास गर्ने भए नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गर्न सुझाव दिएका हुन् ।
‘तपाई जसरी पनि एमसीसी पारित गर्ने पक्षमा हुनुहुन्छ भन्ने प्रष्ट भयो । यदि, त्यो हो भने ओलीसँग मिलेर एमसीसी पारित गर्नुस् । हामी सरकारमा रहन्नौ ।’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो ।




प्रतिक्रिया