काठमाण्डु – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । मंगलबार प्रचण्डले वीर अस्पताल पुगेर काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानाको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए ।
भेटका क्रममा अध्यक्ष प्रचण्डले आगामी दिनमा पार्टी र सरकारको तर्फबाट उपचारको पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने बताए । रानासँगको भटलगत्तै प्रचण्ड प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगेका हुन् ।
मंगलबार बालुवाटारमा भएको छलफलमा प्रचण्डले देउवालाई सशस्त्र द्वन्द्व (जनयुद्ध) का घाइते तथा अपांगता भएकाहरुको अपांगता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि संशोधन गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएका छन्। शान्ति प्रक्रियाकै अभिन्न अंग भएकाले ती विषयमो व्यवस्थापन गर्नु राज्यको कर्तव्य भएकाले प्रधानमन्त्री देउवा सकारात्मक देखिएका छन् ।
यस्ता छन् प्रधानमन्त्री देउवासँगको छलफलमा प्रचण्डले ध्यानाकर्षण गराइएका बुँदाहरु :
.सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,
.सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,
.सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,
.जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा शहीद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने,
.सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने ।




प्रतिक्रिया