कांग्रेस–एमालेबीच नयाँ सरकार बनाउने सहमतिसँगै मुख्य दलहरू आन्तरिक छलफलमा

कांग्रेस–एमालेबीच नयाँ सरकार बनाउने सहमतिसँगै मुख्य दलहरू आन्तरिक छलफलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति भएपछि राजनीति तरंगित बनेको छ । पछिल्लो राजनीतिक परिवेशबारे छलफल गर्न मुख्य दलहरू आन्तरिक छलफलमा लागेका छन् ।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस, दोस्रो ठूलो दल एमाले, सत्ताको नेतृत्वकर्ता तेस्रो ठूलो दल माओवादी र चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आकस्मीक बैठक बोलाएका छन् ।

कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारसहित अर्थतन्त्र सुधारमा काम गर्ने प्रतिवद्धतासहित सत्ता साझेदारी गर्ने सहमति बनेको थियो । राति नै सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए ।

कांग्रेसको कार्य सम्पादन समितिको बैठक बिहान ९ बजेदेखि सभापति देउवाको निवास बूढानीलकण्ठमा जारी रहेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । बैठकले एमालेसँग भएको सत्ता साझेदारीलाई अनुमोदन गर्नेछ ।

एमालेले दिउँसो तीन बजे सचिवालय बैठक बोलाएको छ ।

सरकारको नेतृत्व गरिरहेको माओवादीको पदाधिकारी बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले विकसित राजनीति घटनाक्रमबारे रणनीति बनाउन रास्वपा सचिवालय बैठक बोलाएको छ ।