माधव नेपालपछि देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

माधव नेपालपछि देउवालाई भेट्न बूढानीलकण्ठ पुगे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।

स्रोतका अनुसार देउवानिवास बूढानीलकण्ठमा अहिले उनीहरुबीच गठवन्धन र वर्तमान राजनीतिको विषयमा छलफल भइरहेको छ ।

यसअघि प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई नेपालनिवास कोटेश्वर पुगेर भेटेका थिए । उक्त भेटमा उनले नेता नेपाललाई आफुहरुको साथ नछाड्न आग्रह गरेका थिए ।

एमाले एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षबीचका नेताहरुको कार्यदलले सहमतिको अन्तिम चरणमा पुगेको बताइरहेका बेला प्रचण्डले  भेटवार्ता तिब्र बनाएका हुन् ।