निर्वाचन आयोगले सोध्यो प्रचण्डसँग सात दिने स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो प्रचण्डसँग सात दिने स्पष्टीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग स्पष्टीकरण माग गरेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेकाे भन्दै आयोगले सात दिनभित्र स्पष्टीकरण बुझाउन प्रचण्डलाई निर्देशन दिएको हाे ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजासहितको तामझाम गरेका थिए । सोही उम्मेदवारी दर्ताको क्रममा प्रयोग भएको श्रव्यदृश्यको आधारमा आयोगले उनीसँग स्पष्टीकरण मागेको हो ।