काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा बीउ रोपेको अभिव्यक्ति दिएपछि नेता घनश्याम भुसालले त्यसको जवाफ फर्काएका छन् ।
अध्यक्ष प्रचण्डले बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमालेमा माओवादीको बीउ रोपेको र त्यो केही सयमपछि फुल्ने र फल्ने अभिव्यक्ति दिएका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भनेका थिए, ‘हामी (माओवादी)ले एमालेमा बीउ रोपेर आएका छौं, हेर्नुहोला ! केही समयमा त्यो फुल्छ र फल्छ,’ उनको अभिव्यक्तिमाथि नेता भुसालले कडा टिप्पणी गरे ।
‘कमरेड प्रचण्डले एमालेमा माओवादीको बीउ रोपेका छौं भन्नुभएछ । उहाँको यो भनाईलाई सम्मान नै गर्नुपर्छ । तर, यी बीउ नउम्रने बीउ हुन,’ उनले भने ।
साथै उनले रैनाथे परापूर्वका बीउले अहिलेको आवश्यकता पूरा गर्न नसक्ने टिप्पणी गर्दै भने, ‘रैनाथे परापूर्वका बीउले अहिलेको आवश्यकता पूरा गर्न सक्दैन । हाइब्रिड बनाउँदै अझ उत्पादन गर्ने बीउ चाहिन्छ ।’




प्रतिक्रिया