अर्थमन्त्री शर्मालाई राजीनामा दिन प्रचण्डको निर्देशन

अर्थमन्त्री शर्मालाई राजीनामा दिन प्रचण्डको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाव दिएका छन् । स्रोतका अनुसार आइतबार साँझ प्रचण्डले अर्थमन्त्री शर्मालाई आफ्नो निजी निवास खुमलटारमा बोलाएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशको विषयले पार्टीलाई अप्ठ्यारोमा पार्ने भन्दै पदबाट राजीनामा दिन सुझाव दिएका हुन्।

निरन्तर विवादमा रहँदा पार्टी र आफूलाई अप्ठ्यारो पर्ने भन्दै सहज वातावरण बनाउनको लागि पदबाट राजीनामा दिन प्रचण्डले शर्मालाई आग्रह गरेका स्रोतको दावी छ । यसभन्दा अघि (गभर्नर वर्खास्त प्रकरणमा) अर्थमन्त्री शर्मा विवादमा तानिएका थिए । त्यतिबेला पनि राजीनामा दिन अर्थमन्त्री शर्मालाई गठबन्धन र पार्टीकै नेताहरुले निकै दबाब दिएका थिए। ‘फेरि पहिलेको जस्तै विवादित काम भयो। मैले गठबन्धनमा जवाफ दिनुपर्छ। पार्टीका नेताहरुको गुनासो पनि सम्बोधन गर्नुपर्छ। तपाईंले बाटो सहज बनाइदिनुपर्छ।’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो।

अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका रघुनाथ घिमिरेलाई बजेटमा संलग्न गराएको खबर माओवादी केन्द्रका नेताले प्रचण्डलाई सुनाएका थिए । फेरि विवादमा तानिएपछि आफू र पार्टी अपठ्यारोमा पर्ने भन्दै प्रचण्डले अर्थमन्त्री शर्मालाई राजीनामा दिन निर्देशन दिएका हुन् ।