काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न जनता समाजवादी पार्टीका नेतासँग पेरिशडाँडा पुगेका छन् ।
छलफलका लागि जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका हुन् ।
श्रोतका अनुसार अहिले दुई पार्टीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भइरहेको छ । आजै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
यसअघि हिजो र आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो ।
प्रचण्डले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका थिए ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समिकरणको प्रयास अगाडि बढेका छन् ।




प्रतिक्रिया