प्रचण्डमाथि जसपाको आक्रोशः हामी खाली समर्थन दिन जन्मिएको हो ?

प्रचण्डमाथि जसपाको आक्रोशः हामी खाली समर्थन दिन जन्मिएको हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणबारे कुनै पनि सहमति हुन सकेन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई सत्ता समिकरणको प्रस्ताव गरेका थिए । तर, उनीहरुले विगतमा आफुहरुलाई झुक्याउने काम भएकाले माग पूरा भए मात्रै सरकारमा जान सकिने अडान लिएका छन् ।

नेता राजेन्द्र महतोले रेशम चौधरीको रिहाई, मधेश आन्दोलनको मुद्दा, संविधान संशोधन भए मात्रै सरकारका विषयमा सोच्न सकिने जावफ दिएको जानकारी दिए । उनले आफूहरु सँधै अरुलाई सहयोग गर्न मात्रै जन्मिएको हो ? भन्दै प्रश्न गरेका थिए ।

उनीहरुले भने, ‘हामी खाली सहयोग र समर्थन दिनका लागि जन्मिएको हो ? हाम्रो आफ्नै मुद्दा र सवाल पनि छ । त्यसलाई सम्बोधन गरिनुपर्छ ।’

नेता महतोले केपी शर्मा अ‍ोलीले पनि आफुहरुका माग पूरा नगरेको भन्दै माग सम्बोधन गर्ने वातावरण बनाउन पनि प्रचण्डलाई आग्रह गरेका छन् ।

‘मैले प्रचण्डजीलाई सोधेँ–दुई तिहाइको कम्युनिस्ट सरकार हुँदा हाम्रा माग किन सम्बोधन नगरेको त ?’महतोले भने ।