माओवादी अध्यक्ष दाहालसँग फलदायी छलफल भयो : भारतीय विदेशमन्त्री

माओवादी अध्यक्ष दाहालसँग फलदायी छलफल भयो : भारतीय विदेशमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतीय विदेश मन्त्री एस जयशंकरले भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

जय शंकरले समाजिक सञ्जाल ट्वीटर मार्फत आर्थिक सहकार्यमा केन्द्रित भइ छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै उनले नेपाली भाषामा भ्रमणबारे उल्लेख गरेका छन्। उनले भ्रमणकाबीच भएको छलफल फलदायी रहेको समेत टिप्पणी गरेका छन्।

उनले लेखेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहेनछ।’त्यसैगरी भारतमै रहेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणासँग आज बिहान प्रचण्डको नेपाली दूतावासमा भेटघाट भएको छ।