काठमाण्डु – नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
बुधबार बिहान खनाल निवास डल्लु पुगेर अध्यक्ष प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । भेटमा प्रचण्डले खनालको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
‘कमरेड झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिन आज बिहान डल्लुस्थित कमरेड खनालको निवासमा पुग्नु भयो’ सापकोटाले जानकारी दिएका छन्, ‘अध्यक्ष प्रचण्डले कमरेड खनालको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गर्नु भएको छ ।’
खनाल भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरि सोमबार स्वदेश फर्किएका थिए ।




प्रतिक्रिया