प्रचण्डलाई ओलीको चेतावनीः औपचारिक बैठक बस्नुभयो भने पार्टी फूट्छ

प्रचण्डलाई ओलीको चेतावनीः औपचारिक बैठक बस्नुभयो भने पार्टी फूट्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई औपचारिक बेठक राखे पार्टी फुट्ने चेतावनी दिएका छन् ।

बिहीबार भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले जर्बजस्ती बैठक बोलाए पार्टी फुट्ने चेतावनी दिएका हुन् । हिजो भएको भेटमा अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएका विद्यमान समस्या समाधानका लागि बैठक बोलाउन आग्रह गरेका थिए । तर, अध्यक्ष ओलीले बैठक बोलाउन अस्वीकार गरेका थिए ।

अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक राख्न स्वीकृति दिए पनि औपचारिक बैठक बोलाए पार्टी फुट्ने चेतावनी दिएको सचिवालय सदस्यसमक्ष ब्रिफिङ गरेका थिए ।

‘संघीय प्रणालीसम्बन्धी केही सवाल, कोरोनाले उत्पन्न गरेका सवालहरु, स्थायी कमिटी बैठकले दिएको निर्णय कार्यान्वयनमा समस्या भएका कारण बैठक बस्न सकेको छैन’, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डको भनाई उद्धृत गर्दै भने, ‘पार्टीभित्र सहमतिका आधारमा बैठक बस्ने र पार्टी एकतालाई बचाउने पार्टीलाई विधि र पद्धतिकाआधारमा सञ्चालन गर्ने, पार्टीलाई सफल बनाउन बैठक बसौं भने पनि बारम्बार प्रस्ताव राख्नुभयो । तर , अध्यक्ष अ‍ोलीले बैठक बस्न सहमति दिनुभएन । सहमति नदिएको अवस्थामा कार्यकारी अध्यक्षले औपचारिक बैठक बस्नुभयो भने । त्यो नै पार्टी फूटको घोषणाको बिन्दु हुनेछ भनेर भन्नुभएको कुरा अध्यक्ष प्रचण्डले जानकारी गराउनुभयो ।’

उनले हिजो भएको छलफलको सहमतिअनुसार नै आज बैठक बसेको जानकारी दिए । अध्यक्ष अ‍ोलीसँग अर्का अध्यक्ष प्रचण्डले बारम्बर पहल गर्दै आएका छन् ।

‘यो पृष्ठिभूमिमा प्रचण्डले ओलीसँगको सहमतिमा अनौपचारिक बैठक आह्वान गर्नुभयो । सबै सचिवालय सदस्यलाई अनौपचारिक बैठकको बारेमा जानकारी गराइयो । कमरेड अ‍ोलीले हिजो नै आजको यो बैठकमा उपस्थित हुन नसक्ने जानकारी अध्यक्ष प्रचण्डलाई गराउनु भएको थियो’, उनले भने ।