प्रचण्ड-नेपालबीच भेटवार्ता, गठबन्धन जोगाएर एमसीसी पास गर्नेबारे छलफल

प्रचण्ड-नेपालबीच भेटवार्ता, गठबन्धन जोगाएर एमसीसी पास गर्नेबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।  शुक्रबार यी दुई अध्यक्षबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

उक्त भेटमा उनीहरुले अमेरिकी सहयोग परियोजना एमसीसी र गठबन्धनको विषयमा छलफल गरेका थिए । यसअघि नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि उनले सिंहदरबारमा प्रचण्डसँग भेट गरेका हुन् ।

प्रधानमन्त्री देउवा र माधव नेपालबीच सत्ता गठबन्धन जोगाएर एमसीसी पास गर्ने बाटो खोज्ने सहमति भएको थियो । यही विषयमा माधव नेपालले प्रचण्डसँग छलफल गरेको स्रोतको दावी छ । अध्यक्ष नेपालले प्रचण्डसँग गठबन्धन जोगाएर एमसीसी पास गर्नको लागि सहयोग गर्न आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रले संशोधन नगरी एमसीसी पास गर्न सहयोग नगर्ने बताउँदै आएको छ ।