प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि व्याख्यात्मक ड्राफ्ट !

प्रचण्ड-माधवको ‘फेस सेभ’ का लागि व्याख्यात्मक ड्राफ्ट !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्ता गठबन्धनका दल एमसीसीमा युटर्न भएसँगै व्याख्यात्मक ड्राफ्टको काम अगाडि बढेको छ । यसको नेतृत्व अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोविन्द वन्दीले गरिरहेका हुन् । ‘एमसीसी सम्झौतामा रहेका प्रावधानको व्याख्या गर्नेगरी ड्राफ्ट बनिरहेको छ,’ बन्दीले भने ।

कांग्रेसबाट महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट अर्थमन्त्री जनार्दन शर्मा र शक्ति बस्नेत, नेकपा (एस)बाट स्वास्थ्यमन्त्री विरोध खतिवडा र सहरी विकासमन्त्री रामकुमारी झाक्रीलगायतका दोस्रो तहका नेताले तयार पारिरहेको ‘ड्राफट’मा गठबन्धनको बैठकमा छलफल गरे पछि १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल सुरु गराउने योजनामा सरकार लागेको छ ।

यसअघि संशोधन बिना एमसीसी परियोजना अनुमोदन नगर्ने अडान राख्दै आएका सत्तारुढ पाँच दलीय गठबन्धनका प्रमुख तीन दल माओवादी र नेकपा एसले ब्याख्यात्मक घोषणा सहित एमसी पास गर्ने निणृय गरेसँगै नयाँ प्रक्रिया अगाडि बढेको हो ।

यद्यपि माओवादी नेता कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, देव गुरुङलगायतका नेता र नेकपा एसमा झलनाथ खनालले भने ब्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने निणृष्मा असहमति जनाएका छन् ।

एमसीसीले पछिल्लोपटक नेपाललाई पठाएका जवाफ र स्पष्टीकरणलाई समेत अनुसूचीमा राखेर विशेष घोषणा गर्ने र संसदबाट पारित गर्ने उपायसहित प्रचण्ड र माधवको ‘फेस सेभ’ का लागि कांग्रेस यसमा तयार भएको बताइएको छ । तर, नेपालले गर्ने घोषणा वा संकल्प प्रस्तावको मान्यता भने हुने छैन ।