काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।
बिहीबार बिहान नेपाल निवास कोटेश्वरमा सत्ता गठबन्धनका दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । स्थानीय चुनावको विषयलाई लिएर उनीहरुबीच भेटवार्ता भएको स्रोतले बतायो ।
३० बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तल्लो तहसम्मै तालमेल भएको थियो । तर, कतिपय ठाउँमा गठबन्धन दलले एक आपसमा धोका दिएको गुनासो गठबन्धनमा आवद्ध दलका नेताहरुले गर्न थालेका छन् ।
नेकपा एसका अध्यक्ष नेपाल र जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई चुनावी नतिजामा असन्तुष्ट छन् । उनीहरूले त सार्वजनिक रुपमै गठबन्धन राम्रोसँग कार्यान्वयन नभएको गुनासो पोखिसकेका छन् । बाबुरामले त कांग्रेस र माओवादी केन्द्रले मात्रै चुनावी लाभ लिएको आरोप लगाएका थिए ।
माधव नेपालले पनि अब गठबन्धनमा चुनावको परीणामबारे गम्भीर समिक्षा हुने बताईसकेका छन् । यही सन्दर्भमा अहिले माधव नेपाल र प्रचण्डबीच छलफल भएको बुझिएको छ ।




प्रतिक्रिया