प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, पुरानो गठबन्धन ब्युँताउनेबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, पुरानो गठबन्धन ब्युँताउनेबारे छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदबारमा बिहीबार प्रचण्ड र माधव नेपालीबच भेटवार्ता भएको हो ।

आज भएको भेटवार्तामा उनीहरुबीच पुरानो गठबन्धन ब्युँताउनेबारे छलफल भएको जाइएको छ । प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालसँग छलफलमा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल पनि सहभागी थिए ।

त्यस्तै उनीहरुबीच राष्ट्रपति निर्वाचनबारे पनि छलफल भएको छ । बुधबार अध्यक्ष नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । हिजो साझ कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच आज साँझसम्म पुरानो गठबन्धन ब्युँताउने गरी छलफल अगाडि बढेको छ । गत मंसिर ४ गते भएको निर्वाचनपछि पहिलो चरणमा आफूलाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अटेर गरेपछि प्रचण्ड कांग्रेस नेतृत्वको गठबन्धनबाट अलग्गिएर एमालेको कित्तामा पुगेका थिए ।