निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल समूहको जवाफः माघ १८ गतेपछि मात्रै छलफलमा बस्छौं

निर्वाचन आयोगलाई प्रचण्ड–नेपाल समूहको जवाफः माघ १८ गतेपछि मात्रै छलफलमा बस्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आइतबारपछि मात्रै छलफलमा बस्ने निर्वाचन आयोगलाई जवाफ दिएको छ । शुक्रबार बिहान आयोगले केपी ओली र प्रचण्ड–नेपाल समूहलाई छलफलका लागि बोलाएकोे थियो ।

प्रचण्ड–नेपाल समूहबाट राजेन्द्र पाण्डे, लीलामणी पोखरेल र मुक्ती प्रधानले आयोगलाई पत्र बुझाउँदै दुवै अध्यक्ष जिल्ला बाहिर रहेकाले १८ गतेपछि मात्रै छलफलमा बस्ने जवाफ दिएका हन् ।

पत्रमा भनिएको छ, ‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनैतिक कार्यक्रममा व्यस्त हुनु भई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित भई छलफल गर्न चाहनु भएको हुँदा सोको लागि आज तोकिएको समियमा उपस्थित हुन सम्भवन हुन नसकेको व्यहोरा अवगत गराउन चाहान्छु ।’

प्रचण्ड–नेपालले माघ १८ गतेपछि मात्रै छलफलको आयोजना गर्न निर्देशन दिएको पार्टी सचिव श्रीराम ढकालले काटेको पत्रमा उल्लेख गरिएको छ ।