प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगलाई बुझाएको १९ पन्ने निवेदनमा के छ ? (पत्रसहित)

प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगलाई बुझाएको १९ पन्ने निवेदनमा के छ ? (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगको कार्यालय पुगेर पार्टी र चुनाव चिन्हबारे दाबी पेश गरेको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, देव गुरुङ, लिलामणी पोखरेल, भिम रावल, वेदुराम भुषाल, घनश्याम भुसाल, वर्षमान पुन लगायतका नेताहरुले आयोगलाई १९ पेज लामो निवेदन दिएका छन् ।

प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले दुई पटक बसेको केन्द्रीय समिति बैठकले आफुहरु नै बैधानिक नेकपा भएको प्रमाणित गरिसकेकाले आवश्यक कागजातसहित आयोग पुगेर दाबी पेश गरेको जानकारी दिए ।

त्यस्तै अध्यक्ष प्रचण्डले केपी शर्मा ओली नेकपाको पहिलो अध्यक्ष नभएको दाबी गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता दाबी गर्न दाबीसहितको पत्र, बहुमत केन्द्रीय कमिटी सदस्यको हस्ताक्षरलगायतको कागजपत्र आयोगमा बुझाइएको छ ।

यो समूहले नेकपा फुटिसकेको र आफूहरु आधिकारिक पार्टी भएको दाबी गर्दै आइरहेको छ । प्रचण्ड–नेपाल समूहले आफुहरुसँग ४ सय ४१ केन्द्रीय सदस्यमध्ये ३ सय भन्दा बढी रहेको बताएको छ ।

यस्तो छ १९ पेजको निवेदनः