काठमाण्डु – आन्दोलनरत नेकपाको प्रचण्ड–नेपाल समूहले राजधानीमा प्रर्दशन गरेको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा बिहान ११ बजेबाट काठमाण्डुमा विभिन्न स्थान माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस निकालिएको छ ।
उनीहरु सुन्धारामा हुने मुल प्रदर्शनमा १२ बजे आइपुगेपछि सुन्धाराबाट भृकुटीमण्डपमा हुने मूल विरोधसभामा सहभागी हुने नेकपाले जनाएको छ ।
सो समूहले आयोजना गरेको आमसभामा एक दर्जनभन्दा बढी नेताले सम्बोधन गर्ने भएका छन् । केही केन्द्रीय कमिटी सदस्य, स्थायी कमिटी सदस्य, प्रवक्ता, वरिष्ठ नेता तथा अध्यक्षद्वय गरी १४ जनाको नाम तय भएको छ ।





प्रतिक्रिया