प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलनको घोषणा, कहाँ कहिले ?

प्रचण्ड–नेपाल समूहद्वारा चौथो चरणको आन्दोलनको घोषणा, कहाँ कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले चौथो चरणको आन्दोलनको घोषणा गरेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

नेता योगेश भट्टराईले यसअघिका आन्दोलन सफल भएको भन्दै थप आन्दोलन चर्काउने चेतावनी दिए । फागुन ५ देखि १२ गतेसम्म सबै जिल्लामा आन्दोलनका कार्यक्रम गर्ने बताइएको छ ।

उनले फागुन ६ गते काठमाण्डुको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने, फागुन ७ मा सबै वडामा विरोध गर्ने, फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने, ९ गते हत्या एवं बलात्कारमा महिलाहरुको विरोध हुने बताए ।

संघर्षका कार्यक्रमहरुः

(१) २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम ।

(२) २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम । समय अपरान्ह ४ देखि ५ बजेसम्म ।

(३) २०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम ।

(४) २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम ।

(५) २०७७ फागुन ८ गते काठमाण्डुमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम ।

(६) २०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम ।

(७) २०७७ फागुन १० गते काठमाण्डु उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम ।

(८) २०७७ फागुन ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम ।

(९) २०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा ।

(१०) संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता ।

(११) २०७७ फागुन १४ गते काठमाण्डुमा युवा -याली ।

(१२) २०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाण्डुमा विरोध कार्यक्रम ।